
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० पुरानो ठाँटीमा वडाध्यक्ष कप हुने भएको छ । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा स्थानीय सुनौलो बिहानी सांस्कृतिक युवा क्लबले वडाध्यक्ष कप आयोजना गरेको हो ।
वडाध्यक्ष कप अन्तर्गत पुरुष भलिबल, घौटोफोर र सटफुट प्रतियोगिता आयोजना गरिएको छ । भलिबल खेल वडा स्तरीय हुने तर २ जना वडा बाहिरका खेलाडी राख्न पाइने आयोजकले जनाएको छ । भलिबलको विजेताले नगद ५० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
उप विजेताले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतीयले १२ हजार ५ सय, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका आभाष चन्दले जानकारी दिनुभयो । त्यस्तै घैटोफोरको विजेताले १५ सय नगद पुरस्कार पाउने उहाँले बताउनुभयो ।
सटफुटमा प्रथमले १५ सय, द्धितीयले १ हजार र तृतीयले ५ सय पुरस्कार प्राप्त गर्ने बताइएको छ ।