Kakhara सबैको खबर सम्पूर्ण खबर
भेरी कोरिडोर टिप्पर दुर्घटनाः चालकको शव सुर्खेतमा फेला 

गत मंगलबार साँझ रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौर स्थित जाजरकोट डोल्पा भेरी कोरिडोर सडक खण्डबाट वडा नम्बर ११ को चिसापानी हुँदै छपोरे जादै गरेको टिप्पर भेरी नदिमा खस्दा बेपत्ता भएका टिप्पर चालकको शव फेला परेको छ । टिप्पर चालक दाङका ३५ वर्षीय  मनिराम चौधरीको शव सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर २ खोचीमा फेला परेको हो । 

अन्य दुइ जनाको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो  । उहाँका अनुसार  जेसिबि अपरेटर रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का धनबिर बराइली  हेल्पर रुकुम पूर्वकाे सिस्ने  गाउँपालिका ८ स्यालापाखाका हरि बिक बेपत्ता छन्  । मंगलबार यति विल्र्डशको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो । टिप्पर भने बुधबार खसेको स्थानदेखि ५ मिटर तल  पिपलपौरमा अगाडीको भाग फेला परेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update