गत मंगलबार साँझ रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौर स्थित जाजरकोट डोल्पा भेरी कोरिडोर सडक खण्डबाट वडा नम्बर ११ को चिसापानी हुँदै छपोरे जादै गरेको टिप्पर भेरी नदिमा खस्दा बेपत्ता भएका अर्का एक व्यक्तीको शव फेला परेको छ । जेसिबी अपरेटर रुकुम पुर्वको सिस्ने गाउँपालिका ८ स्यालापाखाका २० वर्षीय हरी विकको शव सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर २ खोचीमा फेला परेको हो ।
एक जनाको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । विकको शव फेला परेको स्थानमा टिप्पर चालक दाङका ३५ वर्षिय मनिराम चौधरीको शव विहिबार साँझ नै फेला परेको थियो । जेसिबि अपरेटर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का धनबिर बराइली बेपत्ता छन् ।
मंगलबार यति विल्र्डशको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो । टिप्पर भने बुधबार खसेको स्थानदेखि ५ मिटर तल पिपलपौरमा अगाडीको भाग फेला परेको थियो । बेपत्ता धनविरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



-1765202239.jpeg)

-1759842583.jpg)