
रुकुम पश्चिमको चौरजहारी अस्पतालवाट वितेको आर्थिक वर्षमा ८ सय १९ जना महिलाले सुरक्षित प्रसुती सेवा लिएका छन् । विभिन्न ६ जिल्लाका महिलाहरुले अस्पतालबाट सुरक्षित प्रसूती सेवा लिएका हुन् । प्रसुती सेवा लिनेमा रुकुम पुर्व, पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत र डोल्पा गरी छ जिल्लाका महिलाहरु रहेको चौरजहारी अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी सेवा लिने चौरजहारी नगरपालिकाका ३ सय १० महिला रहेका छन् । त्यस्तै सानीभेरी गाउँपालिकाबाट १ सय १५, आठविसकोट नगरपालिकाबाट ८९, मुसिकोट नगरपालिकाबाट १२, त्रिवेणी गाउँपालिकाबाट १२ र बाँफिकोट गाउँपालिका ७ गरी रुकुम पश्चिमबाट मात्रै कुल ५ सय ४५ जना महिलो सुरक्षित प्रसुती सेवा लिएका छन् । रुकुम पूर्वबाट ३, सल्यानको कुमाख तथा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट गरेर ९५, जाजरकोटबाट १६३ र डोल्पाबाट ३ र सुर्खेतबाट १ गरेर कुल ८ सय १९ महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गरिएको अस्पताल प्रशासक गिरीले जानकारी दिनुभयो । अस्पतालले जटिल प्रकृतिका सुत्केरीहहरुको लागि शल्यक्रिया मार्फत सेवा संचालन गर्दै आइरहेको छ । अस्पतालले एक सय शैश्याकाे क्षमताबाट सेवा प्रवाह गरिरहेको छ ।
चौरजहारी अस्पतालबाट बीमितहरुको लागि प्रथम सेवा विन्दुको रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अस्पताललाई बीमा वोर्डले प्रथम सेवा विन्दुको सूचीवाट हटाएपछि चाैरजहारी सँगै छिमेकी जिल्लाका बीमितहरु मर्कामा परेका छन् । नियमित रुपमा अस्पतालबाट औषधि सेवन गर्दै आइरहेका दिर्घरोगी, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरु थप मर्का परेका अस्पतालले जनाएकाे छ ।