Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई ग्रेडवृद्धि परीक्षा: रुकुम पश्चिमका तीन वटा विद्यालयमा परीक्षा सञ्चालन हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिममा माध्यमिक शिक्षा परीक्षा एसइईमा नन ग्रेडेड भएका विद्यार्थीहरूले तीन वटा विद्यालयबाट ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । साउन २९ गतेदेखि सुरु हुने ग्रेडवृद्धि परीक्षामा जिल्ला सदरमुकाम खलङ्गामा रहेका तीन वटा विद्यालयबाट परीक्षार्थीले परीक्षा दिन पाउने भएका हुन् ।

ग्रेडवृद्धि परीक्षाको लागि मुसिकोट नगरपालिका  १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय, सेरिगाउँमा रहेको यमुना नन्द नमुना मावि र सेरिगाउँमै रहेको न्यु मुनलाइट सेकेण्डरी मिडियम बोर्डिङ  स्कुललाई  परीक्षा केन्द्र तोकिएको शिक्षा विकास समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभरबाट २०८१ सालको एसइई परीक्षामा सहभागी विद्यार्थी मध्य ८ सय ६७ जना विद्यार्थी नन ग्रेडमा परेका थिए । नन ग्रेडमा परेका वा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थी परीक्षामा सहभागी हुन् पाउनेछन् । तर कति विद्यार्थी  परीक्षामा सहभागी हुँदै छन् भन्नेबारे एक हप्ताभित्र जानकारी हुने उहाँको भनाई छ ।

एसइई परीक्षा २०८१ मा ७६ सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालय गरी जिल्लाभरबाट ७९ विद्यालयकाका तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागी भएका थिए । जसमा ८ सय ६७ जना विद्यार्थी नन ग्रेडमा परेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update