
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सेसेल्सको चौंथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सेसेल्सको भौतिक उपस्थितिमा राजधानी भिक्टोरिया माहेमा महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनबाट बलराम सिटौलाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । जसको उपाध्यक्षमा एकराज सुवेदी, मिरगेन्द्रजंग इंगनाम, प्रेम चन्द र महिला उपाध्यक्षमा पवित्रा भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
महासचिवमा ठगेन्द्र घर्ती मगर, कोषाध्यक्षमा खड्कराज पुन मगर, सह कोषाध्यक्षमा टेकबहादुर थापा लहर तथा सचिवमा थानेश्वर तिमल्सेना र केबि शाही रहनुभएको छ । युवा संयोजकमा राजकुमार गिरी, महिला संयोजकमा मिना विश्वकर्मा र प्रवक्तामा जीवनकुमार महर्जन चयन हुनुभएको छ ।
सदस्यहरूमा भावना श्रेष्ठ, खिलबहादुर तामाङ, राजेन्द्र श्रेष्ठ र निशान गिरी रहनुभएको छ । त्यस्तै विभिन्न उप–समिति गठन र आइल्याण्ड संयोजकहरू समेत तोकिएको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सेसेल्सका निवर्तमान अध्यक्ष मनोज विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइल्याण्ड अन्तर्गत माहेको संयोजकमा विराट नेपाली लाउरे, उपसंयोजक नेत्र पाण्डे र महिला संयोजकमा अस्मिता बस्नेत रञ्जिता चयन हुनुभएको छ । प्रास्लिनको संयोजकमा रुप्लान बिक विकल्प, उपसंयोजकमा अनुप श्रेष्ठ र महिला संयोजकमा तारादेवी भुजेल सम्झना चयन भएको निवर्तमान अध्यक्ष विकले बताउनुभयो ।
त्यस्तै लादिग आइल्याण्डको संयोजकमा ज्ञानबहादुर राई, उपसंयोजकमा नकुल सुबेदी र महिला संयोजकमा कल्पना लामा चयन हुँदा फिलिसिते आइल्याण्डको संयोजकमा राजिबविक्रम थापा, सेफ आइल्याण्ड संयोजकमा किरण कार्की, देरोस आइल्याण्ड संयोजकमा प्रकाश रेग्मी, प्लाटे आइल्याण्ड संयोजकमा सानु अधिकारी, स्ते आन आइल्याण्ड संयोजकमा लोक ओड र उपसंयोजकमा नृप सेटी चयन हुनुभएको छ ।
विभाग अन्तर्गत लेखा समिति संयोजकमा विवेक लामा, सूचना तथा प्रचारप्रसार विभाग संयोजकमा अरुण ओली, सांस्कृतिक तथा मनोरञ्जन विभाग संयोजकमा दिनेश पोखरेल, अनुशासन समिति संयोजकमा प्रमोद पोखरेल, खेलकुद विभाग संयोजकमा प्रवीण चौधरी चयन हुँदा दुर्गाबहादुर थापा प्रमुख रहेको १९ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।
निवर्तमान अध्यक्ष मनोज विकको अध्यक्षतामा भएको महाधिवेशनमा एनसिसी सेसेल्सका संस्थापक अध्यक्ष तथा पूर्व आइसिसी अफ्रिका उप–संयोजक आर.पी पन्तले जुम मार्फत प्रमुख आतिथ्ययता गर्नुभएको थियो । त्यस्तै आइसिसी अफ्रिका महिला संयोजक खेसना लिम्बु विशिष्ट अतिथ्यता गर्नुभएको थियो ।
भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि अनलाइन मार्फत सहभागी हुने व्यवस्था मिलाइएको थियो ।