Kakhara सबैको खबर सम्पूर्ण खबर
श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो
भित्तामा नाग टास्दैँ । तस्वीर रासस।

घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लागेको थियो ।

नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन् । आज  खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update