
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा हुने मुसिकोट हेरिटेज रन (मिनी म्याराथन) २०८२ का लागि सहयोग जुट्ने क्रम सुरु भएको छ । जस क्रममा प्रथम पुरस्कार मुसिकोट नगरपालिका वडा नम्बर-६ साँख कानेबाङ्ग जन्म भई दाङ तुलसीपुर उपमहानगर नगरपालिका-५ मा समेत बसोबास गर्ने र हाल साउदी अरबमा रहनुभएका कमलबहादुर महतले प्रथम पुरस्कार सहयोग गर्नुभएको छ ।
इलेक्ट्रिसिटी प्रोजेक्ट्सका साइट मेनेजरका रूपमा कार्यरत महतले 'मुसिकोट हेरिटेज रन (मिनी म्याराथन) २०८२ प्रतियोगिताको प्रथम पुरस्कारको लागि २५ हजार १ रुपैयाँ प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य पूर्ण ओलीले जानकारी दिनुभयो ।
यसै गरी सानीभेरी-१० रुकुम पश्चिमका सगरमाथा आरोही बमकाजी सिर्पालीबाट १० हजार, कवीन्द्र पुनले १० हजार, खगेश्वर भण्डारीले ५ हजार, पूर्ण ओलीले ५ हजार, एक्कबहादुर केसीले ५ हजार, जोगेन्द्र पुनले २ हजार ५ सय, दिलबहादुर खडकाले २ हजार ५ सय सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको उहाँले बताउनुभयो ।