वृक्षारोपन
बेलटापु खेलमैदान आपसपाको क्षेत्रमा वृक्षारोपन

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा रहेको बेलटापु खेलमैदान आसपासमा वृक्षारोपण गरिएको छ । खेल मैदान वरपर हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो । लक्ष्मी सनराइज बैङ्क सिम्ली शाखाले उपलब्ध बनाएका २ सय भन्दा बढी फलफूलका बिरुवा रोपिएको वाइसीयल रुकुम पश्चिमका जिल्ला इन्चार्ज गोविन्द ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, वडा अध्यक्षहरू, स्थानीय युवा र बैङ्कका कर्मचारीले संयुक्त रूपमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ १४:११
प्रतिक्रिया दिनुहोस्