Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल नेपाल खेलकुद महासंघ चौरजहारीको अध्यक्षमा सौगात

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल खेलकुद महासङ्घ रुकुम पश्चिम चौरजहारी नगर समितिको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाबाट सौगात रोकाको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्ष सञ्जय बोहरा, सचिवमा तिलक डाँगी र कोषाध्यक्षमा उर्मिला विक रहनुभएको छ । सदस्यहरूमा रुपेश गिरी, दीपेन्द्र बिक, सन्तोष पोख्रेल, कमल आचार्य, शशिराम बोहरा, शक्ति बारघरी, धिरज मल्ल, राकेश मल्ल, बिपाशा थापा, अमर बिक, ज्ञानु ओली, सन्तोष के.सी. र लक्ष्मी बिक रहनुभएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update