Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एकवर्षमा झण्डै १३ हजारले बनाए राष्ट्रिय परिचय पत्र

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट गत आर्थिक वर्षमा ६ हजार ५ सय ३४ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् । एक  वर्षको अवधिमा जिल्ला जिल्ला प्रशासन कार्यालयबाट उक्त संख्यामा राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो । गत आर्थिक वर्षमा १२ हजार ८ सय ९७ जनाले राष्ट्रिय परिचय पत्र बनाएकामा ६ हजार ५ सय ३४ जनालाई कार्ड वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ३ सय ४ जनाले राष्ट्रिय परिचय पत्र बनाएकामा गत आर्थिक वर्षमा दोब्बरले भन्दा बढी १२ हजार ८ सय ९७ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार ३४ महिला र २ हजार २ सय ७० पुरुषले राष्ट्रिय परिचय पत्र बनाएका थिए । वितेको आर्थिक वर्षमा भने दोब्बर भन्दा बढी महिला ५ हजार ६ सय ९७ र पुरुष ७ हजार २ सय गरेर कुल १२ हजार ८ सय ९७ जनाले राष्ट्रिय परिचय पत्र बनाएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

सरकारी कामकाजमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र अनिवार्य बन्दै गएपछि राष्ट्रिय परिचय बनाउनेकाे संख्यामा पनि वृद्धि आएको उहाँको भनाई छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update