
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममले वितेको आर्थिक वर्ष २०८१०८२ मा झण्डै पौने दुई करोड राजस्व संकलन गरेको छ । एक आर्थिक वर्षमा प्रशासनले विभिन्न शिर्षकमा १ करोड ६२ लाख १३ हजार ७ सय ५७ रुपैयाँ संकलन गरेको हो । न्यायिक दस्तुर, परीक्षा शुल्क, राहदानी शुल्कमा राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
त्यस्तै हातहतियार इजाजतपत्र दस्तुर, प्रशासनीक दण्ड जरिवाना, जफत र अन्य विभिन्न शिर्षकमा राजस्व संकलन भएको उहाँको भनाई छ । साथै जिल्ला प्रशासन कार्यालयले वितेको आर्थिक वर्षमा पुँजिगतर्फ विनियोजित ४६ लाख ८० हजार बजेट मध्ये ९८ दशमलव ५१ प्रतिशत अर्थात ४६ लाख १० हजार ४ सय ८६ रुपैयाँ खर्च गरेको जनाएको छ ।
चालु तर्फभने २ करोड १९ लाख २३ हजार ६ सय बजेट विनियोजन भएकामा ९३ दशमलव ९० प्रतिशत अर्थात २ करोड ५ लाख ८७ हजार २ सय ८२ रुपैयाँ ६ पैसा खर्च भएको प्रजिअ जिसीले जानकारी दिनुभयो ।