Kakhara सबैको खबर सम्पूर्ण खबर
मठमा खट बनाउने क्रममा लडेर एक जना कामदारको मृत्यु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा घर बनाउने क्रममा लडेर एक जना कामदारको मृत्यु भएको छ । आज विहान जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलका ४० वर्षिय कमल पौडेको घर बनाउने क्रममा खसेर मृत्यु भएको हो । मठमा  ओमप्रकाश देवकोटाको पक्की घरको भित्ता प्लास्टर गर्ने खट बनाउने क्रममा १ तला माथिबाट खसेर उहाँको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिनुभयो । 

उहाँका अनुसार पौडेल खट बनाउने क्रममा करिव १० मिटर तल जमिनमा बज्रारिनु भएको थियो ।  । पौडेलको शव पोष्टमार्टमको लागि जिल्ला अस्प्ताल सल्लेमा लगिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update