
रुकुम पश्चिममा पछिल्लो दुई वर्ष यता नागरिकताको प्रतिलिपी लिनेको संख्या बढेकाे छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा प्रतिलिपी लिनेको संख्या बढेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ३ हजार ५ सय ३ रहेकामा वितेको आर्थिक वर्षमा भने बढेर ४ हजार ३ सय ६८ पुगेको छ ।
प्रतिलिपी लिनेमा नागरिकता हराएका र सुरक्षित नराखेर च्यातिएकाहरुले बनाउने गरको छन् । नयाँ नागरिकता बनाउनेको संख्या भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमि आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ८ सय २ जनाले नयाँ नागरिकता बनाएकामा वितेको आर्थिक वष २०८१/०८२ मा भने केही संख्यामा घटेर ५ हजार ६ सय ४८ जनाले नयाँ नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा ९ जनाले नागरिकता त्यागेकामा वितेको आर्थिक वर्षमा १ जनाले नागरिकता त्यागेका छन् । त्यस्तै ३ जनाको नागरिकता रद्ध भएको छ भने वितेको आर्थिक वर्षमा १ सय ८१ जनाले नाबालक परिचयपत्र बनाएका छन् । त्यसैगरी वितेको आर्थिक वर्षमा २८ सय ९० जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।