Kakhara सबैको खबर सम्पूर्ण खबर
लक्ष्मी मावि कैलदेउका पूर्व विद्यार्थीद्वारा विद्यालयलाई फिल्टर सहयोग

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को कैलदेउमा रहेको लक्ष्मी मावि कैलदेउका पूर्व विद्यार्थीले फिल्टर र बोतल सहयोग गरेका छन् । एसएलसी ब्याज २०७० का विद्यार्थीहरूले विद्यालयलाई १२ वटा फिल्टर र १२ वटा बोतल सहयोग गरेका हुन ।

पूर्व विद्यार्थीहरू भुपेन रेउले, यतकुमार बोहरा, किसनकुमार रावल, भावना बुढाथोकी बोहरा, बिनोद रोका, रोशन रोका, गीता रावल के.सी. र डिक्सन वि.सी.ले सहयोग गर्नुभएको हो ।

आफैँ पढेको विद्यालयलाई सहज होस भनेर पुगेस सहयोग गरेको यस कार्यक्रमका संयोजक यतकुमार बोहराले जानकारी दिनुभयो । १२ ओटा पानी फिल्टर र १२ ओटा बोतल तथा चिनो स्वरूप सहयोगीहरूको फोटो फ्रेम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

फिल्टर प्रत्येक कक्षा र चमेना गृहमा रहने उहाँले बताउनुभयो । त्यस्त‌ै विद्यार्थीहरूको मनोरञ्जन तथा क्षमता वृद्धिका लागि विभिन्न प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । कक्षा १–२ का लागि सञ्चालित चकलेट रेसमा निरन्जना बोहरा प्रथम, भुपेश बोहरा द्वितीय र झलक बिक तृतीय हुनुभएको छ ।

कक्षा ३–५ का लागि भएको बेलुन फुटाउने खेलमा समीर नाथ प्रथम, रोशनी कलेल द्वितीय, दुर्गा बिक तृतीय तथा कक्षा ६–१० का लागि सञ्चालित वक्तृत्वकला प्रतियोगितामा अनीश रावल प्रथम, अरुणिमा थापा द्वितीय र सुनिता सार्की तृतीय भएको बताइएको छ ।

प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिले बुढाथोकी, समाजसेवी मने सार्की, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update