Kakhara सबैको खबर सम्पूर्ण खबर
एकहप्ता वितिसक्दा पनि सम्पर्कमा आएन्न् बेपत्ता धर्मे कामी 
बेपत्ता कामी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बिमैचाका ५३ वर्षीय धर्मे कामी अझै परिवारको सम्पर्कमा आउनुभएको छैन्  । गत मंगलबार भारतको मध्य प्रदेशको भोपाल रेल्वे स्टेनबाट बेपत्ता हुनु भएका उहाँ एक हप्ता वितिसक्दा पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ । साउन १७ गते भारतको गुवा जाने भनेर उहाँ आफ्नो भिजाजुसँगै घरबाट निस्किनु भएको थियो ।

आइतबार नयाँदिल्लीबाट भिनाजुसँगै रेलमा चडेका उहाँ गत मंगलबार विहान मध्य प्रदेशको भोपाल भन्ने स्थानबाट बेपत्ता हुनुभएको थियो । प्रहरी, आफन्त, विभिन्न संचार माध्यम मार्फत जानकारी बनाएर खोजि गरिदिन आग्रह गरे पनि बुवा सम्पर्कमा नआएको उहाँका छोरा दिपक विकले जानकारी दिनुभयो । बेपत्ता कामी ढिलै भएपनि सम्पर्कमा आउने परिवारले आश गरेका छन् । उहाँ छोरीलाई भेट्ने भनेर परिवारकै सल्लाहमा गुवा जाने भनेर निस्किनु भएको थियो । बेपत्ता कामीलाई खोजि गरिदिन परिवारले सवैमा आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update