
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बाँठाकोटबाट नक्कली कागजपत्र देखाएर रकम असुली गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रमा लिएको छ । बुधबार विहान बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर ११ शान्तिनगर घर भएका अन्दाजी २० वर्षीय सुवास महतलाई झुल्नेटा प्रहरीले नियन्त्रयमा लिएको हो । नक्कली कागजात बनाएर रकम असुली गर्ने गरेको भन्ने सूचनाको आधारमा महतलाई झल्नेटा प्रहरीले प्रक्राउ गरेकाे जनाएको छ ।
महतले रकम असुलीको नाममा बहाना बनाएर जिब्रो नभएको, बोल्न नसक्ने भन्दै स्थानीयबाट सहयोग संकलन गरिरको थिए । सोधपुछका क्रममा बोल्न सक्ने र जिब्रोमा कुनै समस्या नभएको खुलेको प्रहरीले जनाएको छ । नक्कली कागज बनाएर सहयोग उठाउने महतको साथमा जिल्ला प्रशासन कार्यालय कास्कीको नाम लेखिएको कागजपत्र भेटिएको थियो । उक्त कागजमा भएको नाम अर्कै व्यक्तिको भएको खुलेको छ ।
नक्कली कागज देखाएर सहयोग उठाउने व्यक्ति भुल्नेटा प्रहरी चौकीले नियन्त्रयमा लिएको र थप वास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । थप अनुसन्धान पछि खुल्ने उहाँको भनाई छ ।