Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि विकास बैङ्क रुकुम पूर्वका प्रबन्धक गिरी निवासमा मृत फेला 

कृषि विकास बैङ्क रुकुम पूर्वको शाखा प्रबन्धक मृत फेला परेका छन् । प्रबन्धक ५२ वर्षीय शिवशङ्कर गिरी सिस्ने गाउँपालिका–५, बाहुनठाना स्थित बैङ्ककै क्वाटरमा मृत फेला परेको प्रहरीले जनाएको छ । सल्यान बागचौर नगरपालिका वडा नम्बर–८, कोटमौला निवासी गिरी शनिवार दिउँसो आफ्नै निवासमा अचेत अवस्थामा फेला पर्नुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार गिरी दिउँसो २ः५० बजेतिर अचेत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी आएको थियो । त्यसपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादव नेतृत्वको टोली घटना स्थलमा पुगेको थियो । 

गिरीलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएकामा अपराह्न ४ः२० बजेतिर चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी विकले जानकारी गराउनुभयो । गिरी आज श्रीकृष्ण जन्माष्टमीको व्रत बसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update