Kakhara सबैको खबर सम्पूर्ण खबर
राेल्पामा जंगली च्याउ खाँदा दम्पतिकाे मृत्यु

रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

भागिरामले गत मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए । सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि दाङको घोराहीस्थित गोरखा अस्पतालमा लगिएको र त्यहाँ उपचार नभएपछि दाङकै राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको छोरा मनबहादुरले जानकारी दिनुभयो ।

अहिले दुवैको शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update