नेकपा एस मुसिकोट १ को अध्यक्षमा झकवीर

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिम मुसिकोट १, को पुनर्गठन गरिएको छ । कैलदेउमा आज भएको पार्टीको वडा भेलाबाट झकवीर सार्कीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्माण गरिएको हो ।
जसको उपाध्यक्षमा गणेश केसी र मनबहादुर सार्की, सचिवमा तिलक खड्का, उप सचिवमा समीक्षा रावल बुढाथोकी र अज्जु रावल रहनुभएको छ ।
तुलबहादुर गिरीको अध्यक्षतामा भएको भेलामा नेकपा एसका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओलीको प्रमुख र केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज विमलकुमार पुनको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै भेलामा पार्टीका जिल्ला सदस्य प्रजित बोहरा र अखिल नेपाल महिला सङ्घ समाजवादीका जिल्ला सदस्य धनकुमारी केसी लगायतको पनि आतिथ्यता रहेको थियो ।
भेलाको सञ्चालन चूडामणि पुनले गर्नुभएको थियो ।।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ १७:२०
प्रतिक्रिया दिनुहोस्