Kakhara सबैको खबर सम्पूर्ण खबर
उद्योग दर्ता तथा नविकरणबाट साढे १० लाख  बढी राजस्व संकलन 
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयकाे भवन ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले साढे १० लाख बढी राजस्व सङ्कलन गरेको छ । बितेको आर्थिक वर्ष २०८१/०८२ मा  कार्यालयले उद्योग दर्ता तथा नवीकरणबाट १० लाख ५८ हजार ८ सय ४० राजस्व उठाएको हो । उद्योग तर्फ १ सय १२ वटा उद्योग दर्ता गर्दा १ लाख २६ हजार ३ सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले जानकारी दिनुभयो ।

त्यस्तै १ सय ५५ वटा उद्योग नवीकरणबाट २ लाख ४८ हजार ३ सय ५० र १२ वटा ब्यहोरा संशोधनबाट १ लाख ५७ हजार ७ सय गरेर कुल ५ लाख ३३ हजार ३ सय ९० रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सूचना अधिकारी ओलीका अनुसार वाणिज्य तर्फ ३८ वटा उद्योग दर्ता गर्दा ८७ हजार ६ सय ८० रुपैयाँ, ६१ वटा उद्योग नवीकरण गर्दा २ लाख ८९ हजार ३ सय ५० र ११ वटा ब्यहोरा संशोधन गर्दा १ लाख ४८  हजार ४ सय २० गरेर कुल ५ लाख २५ हजार ४ सय ५० राजस्व सङ्कलन भएको हो ।

उद्योग र वाणिज्य गरेर कार्यालयले एक वर्षको अवधिमा १० लाख ५८ हजार ८ सय ४० राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो । त्यसै गरी आर्थिक वर्ष २०७९/०८० देखि  गत वर्षसम्म ७ सय ३ वटा उद्योग दर्ता भएकामा सोही अवधिमा २७ वटा उद्योग खारेज भएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update