Kakhara सबैको खबर सम्पूर्ण खबर
एनपिएलकाे दाेस्राे संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणकाे मिति तय भएकाे छ । नेपाल क्रिकेट संघ क्यानले आज एनपिएल दाेस्राे संस्करणकाे मिति तय गरेकाे हाे । जसअनुसार एनपिएलकाे दाेस्राे संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।

क्यानले सामाजिक सन्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर २ देखि डिसेम्बर १५ (मंसिर २८) सम्म हुने जानकारी दिएको हो । एनपिएलकाे दाेस्राे संस्करण २७ दिनसम्म चल्ने छ ।

उक्त संस्करणकाे लागि मिनि अक्सन सकिएको छ । टीमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update