अखिल नेपाल खेलकुद महासंघ रुकुम पश्चिमले छान्याे प्रतिनिधि

अखिल नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष प्रकाश विकको अध्यक्षतामा बसेको बैठकले प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । भाद्र १७ गते हुने प्रदेश अधिवेशन र भाद्र २१ गते हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गरिएकाे हो ।
बैठकले राष्ट्रिय महाधिवेशनका लागि अनिल बुढा, प्रकाश विक, सन्तोष पोखरेल र प्रगति नाथलाई छनौट गरिएको छ । प्रदेशका लागि डम्बर थापा, लीलाप्रसाद ढकाल, अनिल बुढा, प्रकाश विक, विशाल विष्ट, पूजा ददेल, पवन शाही र भीमप्रकाश विकलाई छनौट गरेको अध्यक्ष विकले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ ०७:४१
प्रतिक्रिया दिनुहोस्