रोकिराखेको ट्याक्टर बच्चाले चलाउँदा अटाेमा क्षति
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकमा राेकि राखेकाे ट्याक्टर बच्चाले चलाउँदा अटाेमा क्षति पुगेकाे छ । त्रिवेणी चोकबाट डिग्रे जाने बाटोमा रोकिराखेको ट्याक्टर बच्चाले चलाइदिँदा पछाडी राेकिराखेकाे अटाेमा क्षति पुगेकाे हाे । लु.प्र. ०२००१ ह ०५७३ नम्बरको अटो सडकमै पल्टिएकाे छ ।
नजिकै रोकी राखेको ट्याक्टरमा ठोक्किएको छ । अटोमा क्षति पुगेको र बालकलाई भने केही नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२ १७:५५
प्रतिक्रिया दिनुहोस्



-1765202239.jpeg)

-1759842583.jpg)