Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा व्यवसायी बोहराद्वारा जन्मदिनको अवसरमा आश्रमलाई कपडा सहयोग

रुकुम पश्चिमका युवा व्यवसायी तुल्सीराम बोहराले जन्मदिनको अवसरमा बुद्ध भूमि सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । मुसिकोट १ छिङ घर भई सल्लेमा बस्दै आउनुभएका बोहराले सल्लेमै रहेको आश्रमलाई सहयोग गर्नुभएको हो ।

बोहराले २५ हजार बराबरका कपडा सहयोग गरेको आश्रमले जनाएको छ । जन्मदिनमा हुने फजुल खर्चलाई रोकेर सामाजिक काममा सहयोग गरेको बोहराले बताउनुभयो ।

आज बिहान आश्रममै पुगेर कपडा हस्तान्तरण गरेको उहाँले बताउनुभयो । बोहरा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कार्यरत समेत हुनुहुन्छ । 

1000069472-1756010438.jpg

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update