
रुकुम पश्चिमको सानीभेरीमा योङ्ग कम्युनिस्ट लिग वाइसीयलको सक्रियतामा अवरुद्ध दुई वटा सडक खुलाइएको छ । बेलटापुबाट भलाचौर कृषि सडक खण्डको बिसनडारीमा पहिरो झर्दा सडक अवरुद्ध भएको थियो । शनिवार अवरुद्ध भएको सडक आज खुलाइएको हो ।
वाइसीयल नेपालका केन्द्रीय सदस्य बालकुमार नकालको नेतृत्वमा, गाउँपालिका प्रतिनिधि हिमाल खड्का, विवेक शाह लगायतको सक्रियतामा बाटो खोल्ने कार्य सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिस्टको पहलमा सडक डिभिजन चौरजहारीले डोजर पठाएको थियो ।
उक्त डोजर लगाएर बाटो खुलाइएको वाइसीयलका केन्द्रीय सदस्य नकालले बताउनुभयो । उहाँका अनुसार रिम्ना–गाराघाट सडक खण्डको बेल्टापुमा खसेको ढुंगा समेत हटाइएको छ । उक्त ठाउँमा पनि सडक आंशिक रूपमा अवरुद्ध थियो । मोटरसाइकल आवतजावत गर्न सक्ने भए पनि गाडी अवरुद्ध भएका थिए ।
अहिले भने दुवै सडक सुचारु भइसकेको नकालको भनाई छ । उक्त कार्यमा १० जना युवाहरू खटिएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि वाइसीयलको सक्रियतामा गाउँपालिकामा र गाउँपालिकाले सडक डिभिजन कार्यालय चौरजहारीमा अनुरोध गरेपछि कार्यालयले डोजर पठाएर महत्त्वपूर्ण सहयोग गरेको केन्द्रीय सदस्य नकालले बताउनुभयो ।