Kakhara सबैको खबर सम्पूर्ण खबर
२२ दिन पछि परिवारको सम्पर्कमा धर्मे कामी  

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बिमैचाका ५३ वर्षीय धर्मे कामी २२ दिनपछि परिवारको सम्पर्कमा आउनुभएको छ । साउन २० गते भारतको मध्य प्रदेशको भोपाल रेल्वे स्टेनबाट बेपत्ता हुनु भएका कामी २२ दिन पछी आज दिउँसो परिवारको सम्पर्कमा आउनुभएको हो । उहाँ भारतको दिल्लीबाट परिवारको सम्पर्कमा आएको उहाँका छोरा दिपक विकले जानकारी दिनुभयो ।

भारतको दिल्लीदेखि कन्चनपुरको महेन्दनगरसम्म गागाडी चलाउने गाडी चालकले भेटेर परिवारलाई सम्पर्क बनाएको उहाँको भनाइ छ । उहाँलाइ नेपाल ल्याउनको लागि परिवारका सदस्य त्यसतर्फ जान लागेको बताएको छ । कामी बेपत्ता भएपछि विभिन्न, संचार माध्यम, आफन्त, प्रहरीलाई खोजीका लागि अनुरोध गरिएको थियो । २२ दिन पछि बुवा भेटिएपछि परिवारमा खुसी छाएको छोरा दिपकले बताउनुभयो । उहाँ सकुशल रहेको बताएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update