रुकुम पश्चिमको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ओलीलाई

रुकुम पश्चिमको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी केशव ओलीले पाउनुभएको छ । त्रिवेणी गाउँपालिका ७ का ओली जिल्ला कारागार रुकुम पश्चिमको जेलरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको सरुवा भएपछि उहाँले केही दिन देखि प्रशासनको काम हेर्दै आउनुभएको थियो । अब भने सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त भएको उहाँले बताउनुभयो ।
गृह मन्त्रालयबाट पत्र आइसकेको र अब कारागार कार्यालयबाट रमाना लिएर पदस्थापन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १५:२७
प्रतिक्रिया दिनुहोस्