Kakhara सबैको खबर सम्पूर्ण खबर
सवैसँग सहकार्य गरेर जिल्लामा केही नयाँ काम गर्छू : प्रजिअ थानी 

रुकुम पश्चिममा केही दिन अघी मात्र सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थालीले जनताले प्रत्यक्ष अनुभूती गर्नेगरी जिल्लामा काम गर्ने बताउनुभएको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले समग्र  जिल्लाको हितको निम्ती  सबैसँग सहकार्य गरेर अगाडी बड्ने बताउनुभएको हो । अन्य स्थानीय तहहरुमा पनि थुप्रै काम गरेको अनुभव भएको बताउँदै उहाँले जिल्लामा पनि आफुले सकेको थप नयाँ काम गर्नुे हुटहुटी रहेको उहाँले बताउनुभयो ।

पत्रकारहरुले पनि  जिल्लाका विभिन्न ठाउँमा अधुरा रहेका आयोजनाहरुलाई तिव्रता दिनुपर्ने, राप्ती राजमार्ग अन्तरगत पर्ने रुकुम सडक खण्डमा भएका खाल्डाखुडीको मर्मतको लागि पहल गर्नुपर्ने, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्नुपर्ने सल्लाह सुझाव दिएका थिए । प्रजिअ थानीले समग्र जिल्लाको हित हुने कामको लागि आफु जो कसैसँग सहकार्य गर्न तयार रहेको  बताउनुभएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update