Kakhara सबैको खबर सम्पूर्ण खबर
भदौ पूर्णिमाको अवसरमा कैलदेउमा विविध कार्यक्रम आयोजना 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ कैलदेउमा खेलकुद सहित विविध कार्यक्रम आयोजना गरिएको छ । 

स्थानीय मेला भदौ पूर्णिमाको अवसरमा स्थानीय कैलदेउ यूथ क्लबले पुरुष भलिबल, महिला पुरुष रस्साकस्सी, भाले तान्ने सहित खुला लोक नृत्य तथा स्थानीय झाँकी प्रदर्शन र सटफुट प्रतियोगिता आयोजना गरेको हो । 

पुरुष भलिबलको प्रथमले ४९ हजार ९ सय ९९ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । द्वितीयले २९ हजार ९ सय ९९ तथा तृतीयले १९ हजार ९ सय ९९ नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक कैलदेउ यूथ क्लबका अध्यक्ष यतकुमार बोहराले जानकारी दिनुभयो ।  

पुरुष रस्साकस्सीको विजेताले ६ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्दा महिला रस्साकस्सीको विजेता टिमले ४ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्ने उहाँको भनाई छ । भाले तान्ने प्रतियोगिताको विजेताले रातो भाले र प्रमाण पत्र पाउने उहाँले बताउनुभयो । 

सटफुटमा प्रथमले तीन हजार, द्वितीयले २ हजार र तृतीयले १ हजार पाउने छन् । खुला लोक नृत्य तथा स्थानीय झाँकी प्रदर्शनमा पुरस्कारको व्यवस्था छैन । कार्यक्रम भदौ २० देखि २२ गतेसम्म लक्ष्मी मावि कैलदेउमा हुने अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update