
रुकुम पश्चिममा निजामती सेवा दिवसको अवसरमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही भदौ २० गते शुक्रबारका दिन महिला, पुरुष भलिवल प्रतियोेगता हुने भएको हो । निजामती सेवा दिवस २०८२ को अवसरमा महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको भलिवल खेल संचालन उपसमिति सदस्य देवबहादुर ओलीले जानकारी दिनुभयो ।
हिजो भलिबल खेल संचालन उपसमितिका संयोजक नरेन्द्र विष्टको अध्यक्षता बसेको बैठकले निजामती सेवा दिवसको अवसरमा भलिबल खेल संचालन गर्ने निर्णय गरेको हो । भलिबल खेल संचालन उपसमिति सदस्य ओलिका अनुसार महिला र पुरुष दुवैका लागि छुट्टाछुट्टै भलिबल खेल संचालन हुने छ । त्यस्तै सहभागी महिला र पुरुष दुवैका लागि ६ वटा स्थानीय तहबाट ६ वटा टीम, संघीय कार्यालयमा कार्यरत कर्मचारीहरुको तर्फबाट १ वटा र प्रदेश कार्यालयमा कार्यरत कर्मचारीहरुबाट १ टीम गरी कुल ८ वटा टीमले प्रतिस्पर्धा गर्ने पाउने छन् । सहभागी हुने कर्मचारी संघीय, प्रदेश र स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करार सहभागि हुन पाउने छन् । सुरक्षा निकायमा कार्यरत कर्मचारी, नगर/गाउँ प्रहरी र विद्यालयका शिक्षक/कर्मचारी भने प्रतियोगितामा सहभागि हुन पाउने छैनन् ।
स्थानीय तहबाट प्रतिनिधित्व हुने टीमको हकमा सम्बन्धित स्थानीय तहको पत्र, संघीय कार्यालयबाट प्रतिनिधित्व हुने टीमको हकमा जिल्ला प्रशासन कार्यालयको पत्र तथा प्रदेश कार्यालयबाट प्रतिनिधित्व हुने टीमको हकमा प्रदेश लेखा इकाईको पत्र र कर्मचारी परिचयपत्र अनिवार्य रुपमा हुनुपर्ने आयोजकले जनाएको छ । प्रत्येक टिममा टीम कोचर सहित १० जना हुनुपर्ने, खेलाडीहरु अनिवार्य रुपमा खेल पोषाकमा हुनुपर्ने र टीम दर्ता बिहिबार दिउँसो २ बजेभित्र गरिसक्नुपर्ने छ । खेल शुक्रबार विहान ७ बजेदेखि मुसिकाेट नगरपालिका १ खलंगामा संचालन हुने खेल संचालन उपसमिति सदस्य ओलीले जानकारी दिनुभयो ।