भदौ पूर्णिमा मेलाको अवसरमा नेटापोखरामा छेलाे प्रतियोगिता आयोजना

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ नेटापोखरामा हरेक वर्ष जस्तै यस वर्ष पनि भदौ पूर्णिमा मेलाको अवसरमा छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको छ । उक्त ठाउँमा हरेक वर्ष भदौ पूर्णिमामा मेला लाग्छ भने छेलो प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष भाद्र २१ गते नेटापोखरामा परम्परागत रूपमा लाग्दै आएको भदौ पूर्णिमा मेला यस पटक पनि भव्य रुममा लाग्ने र मेलामा छेलो प्रतियोगिता आयोजना गरिएको आयोजक कालिका युवा क्लब र बजार व्यवस्थापन समितिले जनाएका छन् ।
आयोजक समितिका गोपाल उखिराका अनुसार प्रथम पुरस्कार ४ हजार, द्वितीय पुरस्कार ३ हजार र तृतीय पुरस्कार २ हजार तोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्