
नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जिल्लाका विभिन्न स्थानमा विद्युत् लाइन विस्तार भइरहेकाले विद्युत् लाइनमा जडित पोल, तार, स्टे, ट्रान्सफर्मरको अर्थिङ तार लगायत अन्य संरचना नछुन सवैमा आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले बर्सातको समयमा करेन्ट लिकेज हुने सम्भावना अत्यधिक हुने हुँदा उक्त संरचनाहरू नछुन सम्पूर्ण सर्वसाधारण तथा ग्राहक वर्गमा आग्रह गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा पुरानो संरचना एवं नयाँ विविधीकरण भई लाइन सञ्चालनमा रहेको र कुनै स्थानमा लाइन विस्तार भइरहेको हुँदा विद्युत् लाइनका संरचनाहरू नछुन प्राधिकरणले अनुरोध गरेको हो । कहीँ कतै लाइन तथा पोलमा जडित इन्सुलेटर पड्किएको, तार भुईँमा खसेको, पोलमा आगो लागेको, पोल ढलेको, पोल तार माथि रुख ढली परेको थाहा पाएको खण्डमा मर्मत फाट प्राविधिक प्रेमप्रकाश चपाईको सम्पर्क नम्बर ९८०२५७४५८२ तथा कार्यालयको फोन नम्बर ०८८–५३०३६५ र ९८०२५७४५९५ सम्पर्क गर्न अनुरोध गरिएको छ ।
साथै विद्युत् संरचनाको छेउछाउको रुख एवं रुखको हाँगा बिङ्गा, बाटो विस्तार गर्दा विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रलाई जानकारी गराई लाइन सट डाउन गराए पश्चात् मात्र रुख काट्न तथा बाटो विस्तार गर्न कार्यालयले आग्रह गरेको छ ।