Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार केसी गणेश शाह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार लक्ष्मण केसी सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ  कर्णाली प्रदेश समितिका उपाध्यक्ष रहनुभएका केसी गणेश शाह स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत एवम् सम्मानित हुनुभएको हो । 

सहिद गणेश शाहको ३१ औ स्मृति दिवसको अवसरमा मङ्गलवार चौरजहारी नगरपालिका वडा नम्बर ११ मा आयोजित स्मृति सभामा उहाँ सम्मानित हुनुभयो । 

पत्रकारिता मार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण विषयवस्तुको उजागर गरेर समाज रूपान्तरणको लागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो ।

मुसिकोट नगरपालिका १३ निवासी पत्रकार केसी नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।केसी हाल उजेली न्युज अनलाइनको सम्पादक हुन्छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update