Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ३ भाग्ले नजिकैको सानीभेरी नदीमा फेला परेको शवको पहिचान खुल्यो
फाइल फोटो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्ले नजिकै सानिभेरी नदी किनारामा फेला परेको शवको पहिचान खुलेको छ । सानीभेरी नदी किनारामा फेला परेको शव रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ आलाका ३२ वर्षीय वैकुण्ठ मल्लको रहेको बताइएकाे छ ।

नदीमा दाउरासँग अड्किएको अवस्थामा भेटिएकाे शव सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो । शव नदीबाट निकालेर पहिचानको लागि जिल्ला अस्पताल ल्याइएको थियो । आफन्तले शवको पहिचान गरेको बताइएकाे छ।

मङ्गलवार बेलुकी ६ बजेतिर कोइलतरीस्थित सानीभेरी नदीको बिच बगरमा काठको मुढामा मानिसको शव अड्किएको भन्ने जानकारी स्थानीयले गराएका थिए ।

अस्थायी प्रहरी पोस्ट छिनखेतमा जानकारी गराए लगत्तै साथ प्रहरी सहायक निरीक्षक दुर्गबहादुर गुरुङको कमान्डमा ३ जनाको टोली खटिएको थियो । उक्त टोलीले शव नदीको बिचमा रहेकाले पहिचान तथा उद्धार गर्न कठिन रहेको बताएपछि आज जिल्लाबाट टोली खटिएको थियो । 

सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मबाट गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको कमान्डमा खटिएको टोलीले शव नदीबाट निकालेको थियाे ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update