
नेपाल सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गर्ने निर्णय गरेको छ । पटक पटक बन्द गर्ने निर्णय गरेपनि अन्त्त: आजबाट भने नेपालमा सूचिकृत नभएका सामाजिक संजालन सरकारले बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपालमा सूचिकृत नभएका समामाजिक संजाल क्रमशः बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो । बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो । उक्त म्याद सम्ममा दर्ता हुन नआएपछि आजबाट नेपालमा दर्ता नभएका संजालहरु बन्द हुने भएका हुन् । दर्ता गर्ने समय गएरातिबाट सकिएको थियो । सरकारले नेपालभर सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय विज्ञप्ती मार्फत सार्वजनिक गरेकाे छ ।