Kakhara सबैको खबर सम्पूर्ण खबर
काँग्रेस-एमाले माओवादीको सदस्य सचिव रहुन्जेल १० औँ खेलकुद नगर्ने खेलमा छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस-एमाले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता नगर्ने खेलमा लागेको टिप्पणी गर्नुभएको छ । काठमाडौँमा अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

एमाले-काँग्रेसको सरकार राष्ट्रिय खेलकुद परिषद्मा माओवादीको सदस्य सचिव रहँदासम्म १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता नगर्ने खेलमा रहेको उहाँले बताउनुभयो ।

`मैले सुर्खेत रङ्गशालाको अवलोकन गर्ने मौका पाएको थिएँ, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनेर कर्णाली प्रदेश सरकारले बडो जोडतोडले लगानी पनि र तदारुकता पनि देखाएको थियो, तर यो नयाँ सरकारले त्यसलाई जबसम्म राखेप माओवादीको हातमा रहन्छ तबसम्म प्रतियोगिता आयोजना नगर्ने नराम्रो नीति लिएको प्रस्टै देखिएकाे छ,´ उहाँले भन्नुभयो ।
उहाँले१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता छिटो हुनुपर्नेमा जोडसमेत दिनुभयो । त्यस्तै उहाँले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि सरकारलाई दबाब अखिल नेपाल खेलकुद महासङ्घलाई निर्देशन समेत गर्नुभयो ।

साथै उहाँले नेपालको खेलकुद विकासका लागि माओवादीले महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो । `जुन जुन बेला माओवादीले खेलकुद मन्त्रालय लिएको छ, जुन जुन बेला राखेपकाे नेतृत्व लिएको छ, त्यति बेला माओवादीले खेलकुदमा नयाँ नयाँ काम गरेको छ,´ उहाँले भन्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update