Kakhara सबैको खबर सम्पूर्ण खबर
निजामती सेवा दिवस:  हाजिरी जवाफ प्रतियोगितामा कमल शर्माको समुह प्रथम 

निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिवसको अवसरमा बिहिबार जिल्ला समन्वय समितिको प्राङगणमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा जिल्ला निर्वाचन कार्यालयमा कारर्यत कमल शर्माको समुह प्रथम भएको छ । त्यस्तै आरसिआइपीमा कार्यरत यमा केसीको समुह दोस्रो र सानीभेरी गाउँपालिकामा कार्यरत प्रसान्त रावलको समुह तेस्रो स्थान प्राप्त गरेको हाजिरी जवाफ प्रतियोगिता संचालन उपसमिति संयोजक कुमारीरिमा मल्लले जानकारी दिनुभयो । 

1000033758-1757067837.jpg

उहाँका अनुसार प्रतियोगितामा सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिका, संघ र प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ समुहले प्रतिस्पर्धा गरेको उहाँको भनाइ छ । स्थान प्राप्त गरेका समुहलाई निजामती सेवा दिवसको दिन आइतबार औपचारिक कार्यक्रम गरेर पुरस्कार र प्रमाणपात्र प्रदान गरिने प्रतियोगिता संचालन उपसमिति संयोजक मल्लले जानकारी दिनुभयो । निजामती सेवा दिवसको अवसरमा मुसिकोट १ बराहाटाकुरामा महिला, पुरुष भलिबल र ब्याटमिन्टन प्रतियोगिता जारी छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update