Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा ब्राउन सुगर सहित २ जना पक्राउ

रुकुम पूर्वमा लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । 

२० मिलिग्राम ब्राउन सुगर सहित रुकुम पूर्व भूमे गाउँपालिका ७ गुनामका २९ वर्षीय सन्दिप विश्वकर्मा र बाँके राप्ती सोनारी गाउँपालिका २ अगैया घर भई हाल रुकुम पूर्व सिस्ने गाउँपालिका ६ छिप्रिदह स्थित अन्स एन्ड यशोदा मोटर पार्ट्स ग्यारेजमा मिस्त्रीको काम गर्ने २४ वर्षीय उमेश नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिहीबार अपराह्न ४ बजेतिर सिस्ने गाउँपालिका ५ स्थित जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडी प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमान्डमा रहेको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

उनीहरूको साथबाट प्लास्टिकको पुरिया सहित ५० मिलिग्राम र प्लास्टिक हटाई शुद्ध २० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनीहरूलाई रुकुमकोट जिल्ला अदालतबाट १० दिनको  म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update