Kakhara सबैको खबर सम्पूर्ण खबर
शैक्षिक सुधारको लागि तहगत अभिभावक भेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको यमुना नन्द नमुना माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शैक्षिक क्षेत्र सुधारको निम्ती तीन दिनसम्म चलेको अभिभावक भेला शुक्रबार सकिएको हो । शैक्षिक सत्र २०८२ सालको पहिलो तहगत अभिभावक भेला विभिन्न विषयमा छलफल तथा अन्तक्रिया गर्दै सम्पन्न भएको विद्यालयका सहायक प्रध्यानाध्यापक तथा सूचना अधिकारी गनेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा पहिलो त्रैमासिक परीक्षाको नतिजा समिक्षा, विश्लेशन तथा सिकाइ उपलब्धीका विषयमा छलफल भएको हो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा अभिभावक, शिक्षक, बुद्धिजिबी लगाएको सहभागिता रहेको थियो ।

माध्यमिक तह ९-१० को लागि मंगलबार, आधारभूत तह ६-८  बिहिबार र आधारभूत १-५ को शुक्रबार गरी तीन दिन तहगत भेला संचालन भएको थियो । छलफलबाट शैक्षिक विकासको लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभिभावक भेलामा विद्यालयका प्रअ कमप्रसाद देवकोटाले शिक्षक र अभिभावकको जिम्मेवारी  तथा भुमिका सम्बन्धमा जानकारी बनाउनुभएको थियो । साथै विद्यार्थीको शैक्षिक विकासका लागि तहगत इन्र्चाज शिक्षक, शिक्षक, अभिभावक तथा अतिथीहरुले धारणा राखेका थिए ।

विद्यालय अभिभावक संघका अध्यक्ष भिमबहादर खडकाकाे अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समिरजङ मल्ल, विव्यस अध्यक्ष राजेश भण्डारी, पूर्व वडा अध्यक्ष शुसिल गौतम, विव्यस सदस्य लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रअ तथा सूचना अधिकारी केसीले गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update