Kakhara सबैको खबर सम्पूर्ण खबर
निजामती सेवा दिवस : महिला भलिबल प्रतियोगितामा त्रिवेणी गाउँपालिका प्रथम 
विजेता टिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बराहाटाकुरामा निजामती दिवसको अवसरमा आयोजित महिला भलिबलतर्फ त्रिवेणी गाउँपालिका प्रथम भएको छ । सेमिफाइनलमा संघ मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई पराजित गर्दै फाइलनको यात्रा तय गरेको थियो । फाइनलमा बाँफिकोट गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै  त्रिवेणी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।

मुसिकोट नगरपालिकालाई पराजित गर्दै फाइन प्रवेश गरेको बाँफिकोट गाउँपालिका दोस्रो भएको छ । त्यस्तै सेमिफाइनलमा पुगेका दुई टिम संघ, र मुसिकोट नगरपालिका सान्तवना भएको भलिबल खेल संचालन उपसमिति सदस्य देवबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थान प्राप्त गर्नेलाई समुहलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । निजामती सेवा दिवसको अवसरमा शुक्रबारदेखि खंलगा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी गरी छ समुहले प्रतिस्पर्धा गरेका थिए । खेल आज सकिएको हो । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update