
गत शुक्रबारदेखि रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बराहाटाकुरामा निजामती सेवा दिवसको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा आठविसकोट नगरपालिका विजेता बनेको छ । सानीभेरी गाउँपालिकालाई २१ को सेटमा पराजित गर्दै आठविसकोट नगरपालिका प्रथम भएको हो । चौरजहारी नगरपालिकालाई हराउँदै आठविकोट नगरपालिका फाइनल प्रवेश गरेको थियो । उपविजेता बनेको सानीभेरी गाउँपालिका सेमिफाइनलमा त्रिवेणी गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
दुई टिम त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिका सान्तवना स्थान प्राप्त गरेका छन् । पुरुष भलिबल तर्फपनि संघ, प्रदेश र स्थानीय तह गरी ८ समुहले प्रतिस्पर्धा गरेका थिए । निजामती सेवा दिवसको अवसरमा खलंगामा हाजिरी जवाफ, महिला, पुरुष भलिबल र महिला पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
स्थान प्राप्त गर्ने सवैलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जननाएको छ ।