
निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बराहाटाकुरामा आयोजित महिला पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार महिला पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । ब्याटमिन्टन प्रतियोगितामा पुरुषतर्फ राजेन्द्र ओली र लखन बोहराको टिम विजेता बनेको छ ।
त्यस्तै रमेश पुन र धनबहादुर पुनको जोडी उपविजेता बन्दा देवबहादुर ओली र जिवन बोहरा तथा अनमोल पुन र महेश कठायतको जोडी सान्तवना भएको ब्याटमिन्टन खेल संचालन उपसमिति संयोजक भुवन चौधरीले जानकारी दिनुभयो । पुरुष ब्याटमिन्टन प्रतियोगितामा २७ जोडिले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिला तर्फ निर्मला पुन र सलिना बुढाथोकीको जोडी विजेता भन्दा डिलु पुन र रञ्जु ओलीको जोडी उपविजेता बनेको छ । त्यस्तै धनसरा बुढा र भिमा खड्का तथा कोपिला गुरुङ र कल्पना शाहीको जोडि सान्तवना भएको छ । महिला ब्याटमिन्टन प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । स्थान गर्ने जोडिले कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको ब्याटमिन्टन खेल उपसमिति संयोजक चौधरीले जानकारी दिनुभयो ।