Kakhara सबैको खबर सम्पूर्ण खबर
२२ औं निजामती सेवा दिवसकाे अवसरमा जिल्ला अदालतका उत्कृष्ट दुई कर्मचारी सम्मानित 

२२ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला अदातल रुकुम पश्चिमले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । उत्कृष्ट कर्मचारी सम्मान, निशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा परीक्षण शिविर लगायतका कार्यक्रमहरु गरेर निजामती सेवा दिवस मनाइएको हो । दिवसको अवसरमा उत्कृष्ट कर्मचारी (डिठ्ठा) अमरबहादुर खड्का र कार्यालय सहयोगी केदार केसीलाई नगद पुरस्कारसहित सम्मान पत्रले सम्मान गरिएको छ ।

उहाँहरुलाई जिल्ला न्यायाधीस दिपेन्द्र थापा मगरले प्रमाणपत्र तथा  स्रेस्तेदार मन्दिरा शाहीले खादा लगाएर उत्कृष्ट कर्मचारी सम्मान गर्नुभएको हो । त्यस्तै दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालयको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ शिविर र रुकुम सर्जिकल आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर संचालन गरिएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको छ । शिविर जिल्ला अदालतको प्राङगणमा संचालन गरिएको थियो ।

viber_image_2025-09-07_18-06-48-784-1757304018.jpg

शिविरबाट अदालतका कर्मचारी, सरकारी तथा गैरसरकारी अधिवक्ताहरु, लेखापढी कानून व्यवसायीहरुहरुले सेवा लिएका थिए । स्वास्थ्य परिक्षण शिविर र आँखा परीक्षण शिविरमा  सहयोग गर्ने स्थास्थ्यकर्मीलाई प्रशंसापत्र सहित सम्मान गरिएको  अदालतले जनाएको छ । 

Mandira-Shahi-Eye-Check-1757304017.jpg

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update