जेनजी आन्दोलन: रूकुम पश्चिमका विजय सहित कर्णालीका ४ जना घाइते

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म काठमाडौंमा मात्र १७ जनाले ज्यान गुमाएको प्रहरी स्रोतले बताएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रहरीले हानेको गोली लागेर उनीहरूको मृत्यु भएको हो भने सयौँ घाइते भएका छन् ।
उक्त आन्दोलनमा रुकुम पश्चिमका एक युवक पनि घाइते भएको छन् । जिल्लाको बाँफिकाेट गाउँपालिका ७ का विजय अधिकारी घाइते हुनुभएको हो । उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उक्त आन्दोलन मै कर्णालीका विभिन्न जिल्लाका युवाहरू पनि घाइते भएका छन् । हालसम्मको जानकारी अनुसार जाजरकोटका १७ वर्षीय हरि शाही, कालिकोटका २६ वर्षीय पवन शाही र जुम्लाका १७ वर्षीय हरि अधिकारी रहनुभएको छ । उनीहरूको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १८:०३
प्रतिक्रिया दिनुहोस्