Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम कारागारबाट भागेका ४३ जना प्रहरी नियन्त्रणमा

जिल्ला कारागार रुकुम पश्चिमबाट ढोका फोडेर भागेका ४३ जना कैदि बन्दिलाई प्रहरीले समातेको छ । हिजो जिल्लामा जेन‍-जीले संचालन गरेको आन्दोनको मौका पारी कारागारबाट ढोका फोडेर ८८ जना कैदि बन्दी भागेका थिए । कैदि बन्दी कारागारबाट भागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजि थालेको थियो ।

भागेका कैदि बन्दीलाई नियन्त्रणमा लिएर कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीप्रहरी निरीक्षक  हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी फरार ४५ जना कैदि बन्दीलाई पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा खोजि कार्य तिव्र पारिएको छ । भागेका कैदि बन्दीहरुलाई मुसिकोट आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।कारागारमा सामान्य अवस्था हुँदा कैदि बन्दी भाग्नुमा प्रहरी प्रशासन निकै कमजोर देखिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update