Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम कारागारबाट भागेका थप दुई जना प्रहरी नियन्त्रणमा  

जिल्ला कारागार रुकुम पश्चिमबाट ढोका फोडेर भागेका थप दुई जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । हिजो जिल्लामा जेन जीले संचालन गरेको आन्दोनको मौका पारी कारागारबाट ढोका फोडेर ८८ जना कैदि बन्दी भागेका थिए । भागेका मध्ये यस अघी नै प्रहरीले ४३ जना कैदि बन्दी भागिरहेकै अवस्थाबाट खलंगा आसपास क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । 

मंगलबार दिउँसो कैदि बन्दी कारागारबाट भागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजि थालेको थियो । भागेका कैदि बन्दीलाई नियन्त्रमा लिएर कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी फरार ४३ जना कैदि बन्दीलाई पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा खोजि कार्य जारी छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update