कती आए नियन्त्रणमा ?
रुकुम कारागारबाट भागेका कैदि बन्दीको खोजिकार्य जारी, कती आए नियन्त्रणमा ?

रुकुम पश्चिम कारागारबाट ढोका फोडेर भागेका कैदि बन्दीहरुको खोजिकार्य जारी छ । जेन जीको आन्दोनको मौका पारेर मंगलबार दिउँसो कारागारकाे ढोका फोडेर भागेका कैदि बन्दीहरुको प्रहरीले खोजि कार्य जारी राखेको हो । हिजोदेखि बुधबार साँझसम्म भागेका ४८ जना कैदिबन्दी प्रहरीले नियन्त्रयमा लिएको छ ।
बाँकी ४० जना भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भागेकालाई खलंगा आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हो । भागेका कैदिबन्दीको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १९:१७
प्रतिक्रिया दिनुहोस्