Kakhara सबैको खबर सम्पूर्ण खबर
कैदि बन्दिलाई स्वतस्फुर्त सम्पर्कमा आउन प्रहरीको अनुरोध, सम्पर्कमा नआए थप कानुनी सजाय हुने चेतावनी 
फाइल फाेटाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भागेका कैदिलाई स्वतस्फुर्त रूपमा सम्पर्कमा आउन अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै मंगलबार साँझ कारागारबाट भागेका कैदि बन्दीलाई जिल्ला प्रहरी कार्यालयले सम्पर्कमा आउन अनुरोध गरेको हो । सम्पर्कमा नआए थप कानुनी सजाय हुने प्रहरीले चेतावनी दिएको छ ।

साथै  कैदिहरू भाग्ने क्रममा गाउँटोल तिर आउन सक्ने, बास माग्न सक्ने सम्भावना हुने हुँदा आफ्नो घर गाउँमा कोही नयाँ अनुहारको मानिसहरू आएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । कारागारबाट फरार कैदीरू विभिन्न गम्भिर मुद्दामा सजाय काटिरहेका र अदालतको आदेशले कारागार चलान भएका कैदिहरू भएका कारण ती व्यक्तिले समाजमा पुनः अपराध घटाउने सक्ने भएकाले आम सर्वसाधारणलाई  सूचना दिई सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

 मंगलबार साँझ जेन जीको आन्दोनको अवसर पारेर जिल्ला कारागारबाट ८८ जना कैदि बन्दी भागेका थिए । ती  मध्ये ५१ जना कैदि बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update