Kakhara सबैको खबर सम्पूर्ण खबर
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन जिल्ला सुरक्षा समिति रुकुम पश्चिमको अनुरोध 

जिल्ला सुरक्षा समिति रुकुम पश्चिमले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । आज जिल्ला सुरक्षा समितिले एक सूचना जारी गर्दै विद्ययमान परिस्थितीलाई सामान्यीकरण गर्ने प्रयाय भइरहको हुँदा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको हो । साथै विद्यमान अवस्थामा संयमित रही कुनै किसिमका अवाञ्छित र हिंसात्मक गतिविधिमा संलग्न नभई जिल्लामा शान्ति सुव्यवस्था एवं अमनचयन कायम गरी सहयोग गर्नु आग्रह गरको छ । 

त्यस्तै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकोले त्यसप्रति सचेत र सतर्क रही संरक्षण  गर्न, विभिन्न समूहहरूबाट हुनसक्ने अवाञ्छित गतिविधिप्रति सतर्क रही सोसम्बन्धी सूचना उपलब्ध गराई सहयोग गर्न जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ । त्यसैगरी जिल्लाका सार्वजनिक निकायहरूबाट अत्यावश्यक सेवा प्रवाह गर्न निर्देशन दिइएको हुँदा सम्बन्धित कार्यालयहरूसँगको समन्वयमा अत्यावश्यक सेवा लिन अनुरोध गरिएको छ । स्थानीयस्तरमा कुनै अवाञ्छित हिंसात्मक एवं आपराधिक गतिविधि भएकाे पाएमा नजिकैकाे प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५७८९०५५० तथा १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update